Social Icons

Horoscope



Horoscope Date: मंसिर ९–मंसिर १५, २०७०
Aries: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुरुमा पारिवारिक असमझदारीले सताउने देखिन्छ । दुविधामा परिनेछ । हात लागिसकेको काम फुत्कने सम्भावना छ, सचेत रहनुहोस् । सोमबारदेखि पठनपाठनमा राम्रो प्रगति हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । व्यापार–व्यवसायमा पनि प्रगति गर्न सकिनेछ । प्रतिस्पर्धीहरू स्वतः निष्क्रिय होलान् । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । प्रेमको बन्धन अवश्य नै कसिएर जाला । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ । आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ ।
Taurus: वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रतिस्पर्धामा फाइदा उठाउने समय छ । तर, सोमबार र मंगलबारको समय भने प्रत्युत्पादक रहला । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैले लिन सक्छ । तापनि, निराश नहुनुहोस् । कर्मयोगका थप बाटाहरू अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् । आफ्नै प्रयत्नले प्रतिस्पर्धीलाई उछिन्ने मौका छ । आयआर्जन सामान्य हुनेछ ।
Gemini: मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुरुमा अलि विवादमा परिने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । बोलीको संयमताले विशेष काम बन्न सक्छन् । आर्थिक अभावले सताउन सक्छ । सोमबारदेखि स्थितिमा सुधार आउला । व्यवसायमा सोचेको प्रगति हात लाग्ला । प्रतिस्पर्धीहरूले हार खालान् । बुधबार र बिहीबार भने अरूको भरपर्ने समय छैन । आफन्तप्रति शंका जाग्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा पनि कमजोरी देखिन्छ । तापनि, पठनपाठनमा प्रगति हुनेछ । सप्ताहान्तमा विशेष लाभ होला ।
Cancer: कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुरुको समय विशेष भेटघाट र खानपानमा बित्नेछ । तर स्वास्थ्यगत कमजोरी र सहयोगीसँगको असमझदारीले अलि अप्ठ्यारोमा परिने योग छ । सोमबारपछि स्थितिमा सुधार आउला । नयाँ काम पाउने समय छ । सहयोगीहरूले साथ दिनेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । प्रशस्त आम्दानी र उत्साह समेत बढ्नेछ । सप्ताहान्तमा भने आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका पाइने सम्भावना देखिन्छ ।
Leo: सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुरुमा खर्च बढ्ने देखिन्छ । अनावश्यक काममा ढिपी गर्दा पैसा र समय खेर जाला । वैदेशिक वा टाढाको यात्रा सम्भावित छ । सोमबारदेखि समय अनुकूल रहनेछ । विशेष व्यक्तित्व वा प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । प्रशंसकहरू बढ्नेछन् । सानो प्रयत्नले ठूलो काम बन्ने समय छ । मनपर्ने वस्त्र वा सरसामान उपहार पाइएला ।
Virgo: कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साता समग्रमा अनुकूल रहनेछ । सञ्चित कर्मको फल पाउने समय छ । राम्रै आम्दानी हातपर्ला । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । सोमबार र मंगलबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, सत्कार्यमा गरेको लगानीबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त फाइदा उठाउने मौका छ । भेटघाटमा मन रमाउनेछ । पार्टी, पिकनिक वा भोजभतेर सहभागी भइएला । मनपर्ने वस्तु उपहार पाइएला । बोलीकै भरमा महत्वपूर्ण काम बन्ने समय छ ।
Libra: तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काम गरेर अरूलाई प्रभावित पार्ने समय छ । नयाँ काम थालनी होला । छोटै समयमा विशेष उपलब्धि मिल्ला । प्रतिष्ठित काम गर्ने मौका आउनेछ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी होला । यात्रा सम्भावित छ । विद्यामा पनि प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । बुधबार र बिहीबार भने काममा बाधा, व्यवसायमा नोक्सानी र व्यर्थ श्रमले थकाइ समेत बढ्ने योग छ । तापनि, सप्ताहान्त लाभदायक देखिन्छ । पारिवारिक जमघटबीच खुसी साट्ने मौका छ ।
Scorpio: वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कामको दायित्व पनि थपिनेछ । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वाद्र्ध लाभकारी होला । काम गरेर अरूलाई प्रभावित पार्ने समय छ । धार्मिक वा सामाजिक कामबाट प्रतिष्ठा पाइएला । नयाँ काम थालनी होला । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने व्यर्थैमा श्रम खेर जान सक्छ, खर्चमा वृद्धि र व्यवसायमा समेत गिरावट आउने योग छ ।
Sagittarius: धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुरुमा घरायसी समस्या आउलान् । प्रेमसम्बन्धमा उतारचढाव आउला । चोटपटक लाग्ने र मालमत्ता हराउने सम्भावना छ । सोमबारदेखि स्थितिमा सुधार आउला । कामको दायित्व बढ्नेछ । धार्मिक कृत्यमा अभिरुचि बढ्नेछ । आफ्नो क्षेत्रको प्रतिनिधित्व हातलाग्ला । गरेको काममा प्रशंसा पाइएला । समय भ्रमणकारक छ । नयाँ काम थालनी गर्ने मौका छ । व्यापार बढ्नुको साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ । सप्ताहान्तमा नाम, दाम र इनाम समेत हातपर्ने योग छ ।
Capricorn: मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार–व्यवसायमा फाइदा उठाउने योग छ । प्रेम र मित्रताको गा“ठो कसिएला । समय मनोरञ्जनपूर्ण रहला । रमाइलो यात्रा गर्ने अवसर आउनेछ । सोमबार र मंगलबार भने चोटपटक लाग्ने वा आर्थिक नोक्सानीको समय छ । मनमा खिन्नता बढ्ला । सानातिना समस्याले सताउलान् । तापनि, बुधबारदेखि समयले साथ दिनेछ । प्रतिष्ठा, ख्याति मिल्नेछ । कामका चुनौती हट्नेछन् र कीर्तिमानी काम गर्ने मौका मिल्नेछ । आँटेका काम पनि सजिलै बन्नेछन् ।
Aquarius: कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शत्रुपक्ष विस्थापित होलान् । प्रगतिको समय छ । अधुरा कामहरू पनि अवश्य नै बन्नेछन् । कामका बाधा पन्छाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । रमाइलो जमघटमा सरिक भइएला । यात्रासमेत सम्भावित छ । बुधबार र बिहीबार भने केही समस्यामा परिनेछ । अनावश्यक झमेला आइलाग्न सक्छन् । विवाद र चोटपटकको योग छ । सप्ताहान्तमा विशेष जिम्मेवारी र सामाजिक उत्तरदायित्व वहन गर्ने मौका आउला । प्रतिष्ठा पाइनेछ ।
Pisces: मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुरुमा स्वास्थ्यगत कमजोरीले सताउन सक्छ । तापनि, राम्रो प्रगति गर्ने समय छ । प्रतिष्ठित बुद्धिजीवीसँग भेटघाट गर्ने मौका मिल्ला । शैक्षिक क्षेत्रमा विशेष लाभदायक समय छ । उत्साह थपिनेछ । व्यावसायिक कामबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । मित्रताको गा“ठो कसिएर जाला । प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । तर, साताको अन्त्यमा पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates