Social Icons

Thursday, July 25, 2013

गुगलले ल्यायो वायरलेस चार्जिङ ट्याबलेट

 गुगलले ल्यायो वायरलेस चार्जिङ ट्याबलेट
बिशाल सापकोटा, कालिका, १० साउन
गुगलले तार बिना नै चार्ज गर्न मिल्ने नयाँ ट्याबलेट ल्याएको छ । यस अघिको ट्याबलेटलाई अपग्रेड गर्दै गुगलले नेक्सस ७ लञ्च गरेको हो । बुधबार (हिजो) स्यानफ्रान्सिस्कोमा आयोजित एक कार्यक्रमका बिच गुगलले पहिले भन्दा पातलो र तिब्र गतिमा ईन्टरनेट चल्ने ४ जी प्रबिधिको ट्याबलेट ल्याईएको बताएको छ ।
 
नयाँ ट्याबलेटको दुई भर्सन वाई फाईमा मात्र चल्ने खालका छन । गुगलको नेक्सस ७ एन्ड्रोयड जेलीबीन ४.३ मा चल्ने पहिलो ट्याबलेट भएको बताईएको छ ।
 
गुगलको एन्ड्रोयड प्रोडक्टका उपाध्यक्ष हुगो बार्राले नेक्सस ७ पहिले देखि नै बजारमा हिट रहेको भन्दै यसलाई कायम राख्न अपग्रेड भर्सन ल्याईएको बताएका छन । उनले नयाँ ट्याबलेटमा स्क्रिन रेज्युलेशन समेत बढाईएकाले प्रयोगकर्ताले मन पराउने दावी गरे ।
 
यसलाई ३ सय २३ पिक्जल प्रति ईञ्चको रेज्युलेशनको साथ उपलब्ध गराईने जनाईएको छ, जुन हाल सम्म आएका कुनै ट्याबलेटमा छैन ।
यस्तै यसमा ५ मेगापिक्जलको मुख्य र १.२ मेगापिक्जलको फ्रन्ट क्यामरा दिईएको छ ।
 
अमेरिकामा १६ जिबीका लाई २२९ डलर र ३२ जिबीको लाई २६९ डलर तोकिएको छ । सामसुङको ग्यालेक्सी एस ४ पनि तार बिना चार्ज हुन्छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates