Social Icons

Saturday, June 22, 2013

ईटालीले बनायो ब्याट्रिबाट चल्ने हवाई बिमान


बिशाल सापकोटा, कालिका, ०९ असार
हाल सम्म तपाईले ईन्धनबाट चल्ने हवाई बिमानको बारेमा मात्र सुन्नु भएको होला । तर अब हवाई बिमान ब्याट्रि बाट पनि चल्ने भएको छ ।


ईटालीको हेलिकप्टर  निर्माता कम्पनि अगस्टा वेस्टल्याण्डले ब्याट्रिबाट चल्ने ईलेक्ट्रिक बिमान बनाएको हो । 
कम्पनिका अनुसार जिरो टिल्टरोटर नाम दिईएको यो बिमान पुर्णतः ईलेक्ट्रिक हो, र यो ब्याट्रिबाट प्राप्त उर्जाले चल्छ । कम्पनिले यसमा एल्मुनियम र कार्बन ग्रेफाईटको प्रयोग गरेको छ, जसको कारण यसको वजन पनि निकै कम भएको बताईएको छ । यसमा लगाईएको रोटेटर ९० डिग्री सम्म टिल्ट हुन्छ ।

 एजेन्सीको अनुसार यसमा लगाईएको विंग्सले एउटा हेलिकप्टरको जसरी नै काम गर्दछ । अरु त अरु यसले आपतकालिन स्थितीमा हेलिकप्टरको जस्तै गरि टेक–अफ पनि गर्ने क्षमता राख्ने कम्पनिको दावी छ । यसमा हाईड्रोक्युलिक प्रबिधि बाहेक ईलेक्ट्रोमेकानिकल अक्टोटर्सको पनि प्रयोग गरिएको छ । 

यसको ब्याट्रि बिजुलीबाट चार्ज हुन्छ, त्यो बाहेक बिमानको रोटेटरमा भएको विंग्स घुम्न सुरु भएपछि त्यहाँ बाट पनि उर्जा पैदा भई ब्याट्रि चार्ज हुने बताईएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates