Social Icons

Saturday, June 22, 2013

स्पाईसको क्वाड कोर प्रोसेसर युक्त नयाँ स्मार्टफोन बजारमा

बिशाल सापकोटा, कालिका, ०९ असार
भारतिय मोबाईल निर्माता कम्पनि स्पाईसले आफ्नो कुलप्याड सेरिजलाई बिस्तार गर्दै क्वाड कोर प्रोसेसर युक्त नयाँ एन्ड्रोयड स्मार्टफोन लञ्च गरेको छ । स्पाईसले एन्ड्रोयड ४.१ जेलीबीन अपरेटिङ सिस्टममा रन गर्ने 'कुलप्याड ५१५' मोडलको स्मार्टफोन लञ्च गरेको हो । स्मार्टफोन निर्माणमा बिस्तारै हात हाल्दै गरेको स्पाईसले नयाँ फोनको मुल्य ९ हजार ९ सय ९० भारु तोकेको छ ।


स्पाईस कुलप्याड ५१५ का फिचर्सहरुः


डिस्प्लेः
स्पाईस कुलप्याड ५१५ मा 960x540 पिक्जल रिज्युलेशन भएको ५ ईञ्च फुल टच स्क्रिन छ ।
अपरेटिङ सिस्टमः
यो एन्ड्रोयड ४.१ जेलीबीन अपरेटिङ सिस्टममा चल्छ ।
क्यामराः
यसको पछाडी पट्टि ५ मेगापिक्जल र अगाडी पट्टि भिजिए क्यामरा दिईएको छ ।

प्रोसेसर र ¥यामः

यसमा १ जीबीको ¥याम तथा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर दिईएको छ ।

कनेक्टिभिटीः
कनेक्टिभिटीका लागी यसमा वाई फाई, 3G ब्लुटुथ, जिपिएस, लगायतका फिचर्स छन ।

मेमोरीः
यसमा ४ जीबीको ईन्टरनल स्टोरेज क्यापासिटी दिईएको छ, जसलाई माईक्रो एसडी कार्ड मार्फत ३२ जिबी सम्म बढाउन सकिने स्पाईसले जनाएको छ ।

ब्याट्रिः
स्पाईसले आफ्नो नयाँ फोनमा 2, 000mAh क्षमताको ब्याट्रि दिएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates