Social Icons

Sunday, June 23, 2013

बैज्ञानिकले बनाए, मानव दिमागलाई अध्ययन गर्न सक्ने थ्रिडी म्याप

बिशाल सापकोटा, कालिका, ०९ असार
बैज्ञानिकहरुको पहिलो पटक मानब मष्तिष्कलाई अध्ययन गर्न मिल्ने मानब मष्तिष्कको एक बिद्युतिय थ्रिडी खाका तयार पारेका छन । यसबाट मानब मष्तिष्कमा भावना कसरी बिकास हुन्छ तथा रोगका बारेमा गहिरिएर गर्न सकिने बैज्ञानिकहरुको दावी छ । 


बिबिसी न्युज रिपोर्टका अनुसार बिग ब्रेन प्रोजेक्ट अनुसार तयार गरिएको यस थ्रिडी खाकाको लागी एक ६५ बर्षिय महिलाको दिमाग प्रयोग गरिएको थियो । 
बैज्ञानिकहरुले यो दिमागलाई २० माईक्रोमिटर मोटाई युक्त ७ हजार ४ सय भिन्न भिन्न भागमा बाँडेका थिए । यसरी त्यो दिमागको भित्रि कोशिकिय संरचनाको स्तर सम्म पुगेको थियो । 

 अनुसन्धानमा सहभागी मोट्रियल न्युरोलोजिकल ईन्स्टिच्युटका प्रोफेसर एलन ईवांसले भने, 'अन्ततः बिज्ञानले मानव दिमागलाई बुझेरै छाड्यो ।' यो अनुसन्धानले दिमागको आन्तरिक संरचना बुझ्न भईरहेको खोजमा क्रन्ति ल्याउने उनको दावी छ । यो अनुसन्धान प्रतिबेदन साईन्स पत्रिका प्रकाशित भएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates