Social Icons

Thursday, July 25, 2013

प्रतिसेकेन्ड १०जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G आउँदै

 प्रतिसेकेन्ड १०जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G आउँदै
बिशाल सापकोटा, कालिका, ०८ साउन
नेपालका अधिकाशं ठाउँमा 3G नै बिस्तार नभईसकेको अहिलेको अवस्थामा 4G त अल्लि पर कै कुरो भो । बिश्वमा अहिले पनि धेरै ठाउँमा 4G बिस्तार भईसकेको छैन ।
 
 तर चिनको हुवाईले भने प्रतिसेकेन्ड १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G प्रबिधिको आविस्कारमा काम सुरु गरेको छ । कम्पनिका अनुसार अहिले उसका २ सय कर्मचारीले यो प्रबिधीलाई ब्यवहारिक रुपमा ल्याउन अनुसन्धान गरिरहेका छन । हुवाईले यो प्रोजेक्टको लागी निश्चित लगानी समेत छुट्याएको छ । तर प्रोजेक्टको लगानी रकम भने खुलाईएको छैन ।
 
हुवाई कम्पनिका वेन टाङ्गकाले सन् २०२० सम्ममा यो प्रबिधि लाखौँ मानिसले प्रयोग गरिरहेको हुने दावी गरेका छन । उनले 5G प्रबिधीमा १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने बताए । जुन अहिलेको 3G भन्दा १ सय गुणा बढि हो ।
 
यस अघि दक्षिण कोरियाली ईलेक्ट्रोनिक्स कम्पनि सामसुङले 5G प्रबिधीको सफल परिक्षण गरेको घोषणा गरिसकेको छ । उसले पनि सन् २०२० सम्ममा यसलाई ब्यवहारिक प्रयोगमा ल्याईसक्ने बताएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates