Social Icons

Thursday, July 25, 2013

जापानमा तरुनीको साँप्रामा बिज्ञापन, निकै चर्चाका साथ फस्टाउँदै

जापान, १० साउन
 
ब्यापार प्रबर्धनका लागी रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन, होडिङ बोर्ड, बाहेक अरु के मा बिज्ञापन गर्न सकिएला ? जहाँ जसरी भए पनि जापानको एउटा कम्पनिले आफ्नो पब्लिशिटीको लागी युवतीको साँप्रा देखेछ । जापानको पिआर कम्पनि एब्सोल्युट टेरीटरीले ल्याएको तरिका अहिले त्यहाँ निकै चर्चा र प्रयोगमा छ । सो कम्पनिले राम्रा राम्रा तरुनीको साँप्रामा बिज्ञापन लेखाउन थालेको हो ।


खास कुरो चैँ के रैछ भने, पुरुषको भन्दा तरुनीको साँप्रामा धेरैको नजर पर्ने भएकाले यस्तो फरमुला ल्याईएको रहेछ । अहिले यस कम्पनिको आधिकारिक फेसबुक पेजमा १३ सय युवतीले आफ्नो साँप्रा बिज्ञापनका लागी दिन तयार रहेको भन्दै आबेदन दिएका छन । 

तर यसरी आबेदन दिदैँमा सो कम्पनिले बिज्ञापन भने दिँदैन । त्यसका लागी तरुनीहरुले आफ्नो साँप्राको फोटो खिचेर रजिस्टर गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र तरुनीको साँप्रामा बिज्ञापनको स्टीकर टासिन्छ । बिज्ञापन स्टीकर टाँसेको ८ घण्टा सम्म युवतीले त्यसलाई मेटाउन पाउने छैनन् । तर कम्पनिले बिज्ञापन बापत दिने रकम भने खुलाएको छैन ।

–(एजेन्सीको सहयोगमा)



No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates