Social Icons

Saturday, July 20, 2013

एमाओबादीमा अध्यक्ष बाहेक सबै केन्द्रिय सदस्य, उपाध्यक्ष श्रेष्ठ र महासचिब बोगटीद्धारा पदबाट राजिनामा

एमाओबादीमा अध्यक्ष बाहेक सबै केन्द्रिय सदस्य, उपाध्यक्ष श्रेष्ठ र महासचिब बोगटीद्धारा पदबाट राजिनामा
बिशाल सापकोटा, चितवन, ०५ साउन
एकिकृत नेकपा माओबादीको बिस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्ष मात्रै राखेर अरु सबैलाई केन्द्रिय सदस्य बनाउने सहितको राजनितिक तथा सांगठनिक प्रस्ताब पारित हुने भएको छ । ललितपुरको खन्ना गार्मेन्टमा हिजो देखि (शुक्रबार) जारी बिस्तारित बैठकमा आज (शनिबार) बोल्ने १६ ओटै टोलि समुहका प्रतिनिधि नेताले दाहालको प्रस्ताबमा समर्थन जनाएपछि पारित हुने देखिएको हो ।
 
बैठकमा भोजपुरा राज्य समितीबाट अञ्जना बिशंखे, थारुवानबाट जग प्रसाद शर्मा, अबधबाट कमल चुदारी, मगरातबाट समरसिंह, लिम्बुवानबाट टङ्क आङ्बुहाङ, किराँतबाट सुरेश कुमार राई, तमुवानबाट हरि अधिकारी, ताम्सालिङबाट हित बहादुर तामाङ, सेति महाकालीबाट रेणु चन्द, भेरि कर्णालीबाट सुरेस पहाडी, मजदुरबाट शालिराम जमकट्टेल अन्र्तराष्ट्रिय ब्युरोबाट युवराज चौलागाई र सल्लाहाकार परिषद्बाट नन्द कुमार प्रसाईले  धारणा राख्दै दाहालको प्रस्ताबमा समर्थन जनाउँदै पार्टी भित्र त्यागको भावना जागृत गराउनु पर्ने बताएका थिए ।
 
आउँदो आईतबार बिस्तारित बैठकमा अध्यक्ष बाहेक अन्य सम्पुर्णलाई केन्द्रिय सदस्य बनाउने दाहालको प्रस्ताबलाई संसोधन सहित पारित गरिने स्रोतले बताएको छ ।
 
यसैबिच , अध्यक्षको प्रस्ताबमा अधिकाशंले समर्थन जनाएपछि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिब पोष्ट बहादुर बोगटीले पदबाट राजिनामा दिनुभएको छ ।
 
पार्टीलाई दाहालको एकल नेतृत्वमा अगाडी बढाउने प्रस्ताब पारित जस्तै भएपछि श्रेष्ठ र बोगटीले पदबाट राजिनामा दिनु भएको हो । 

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates