Social Icons

Friday, July 19, 2013

फ्लास ब्याक (तितो बिगत)


परबाट कोहि एक जना कराई रहेछ । हस्याङ फस्याङ गर्दै  उ मै रहेको दिशा तिर आउँदै थियो  । हेर्दा हेर्दै नजिक आई पुग्यो मेरो । सायद केहि भएकाले होला निकै अत्तालिरहेको भाव उसको मुहारले झल्काउँछ । मैले उसलाई राम्रोसँग नियाल्दै थिएँ, तर कतै देखे जस्तो नै लागेन । अचानक मेरो आँखा उसको पिठ्युँमा प¥यो । रगत बगिरहेको रहेछ । मैले सोधेँ कसरी चोट लाग्यो । 

उ केहि भन्ने अवस्थामा नै थिएन । परबाट एक हुल उ र म भए तर्फ नै आईरहेको देखेँ । उ झन अत्तालियो । मैले सोधे, के भयो को हो तिमीलाई ? उ केहि बोलेन । उ एकाएक फेरि अत्तालिन थाल्यो, र रगताम्य भएको पिठ्यु समात्दै फेरि दगुर्न थाल्यो । मेरो मनमा संसय पैदा भयो । हेर्दा हेर्दै उ दुर बिलिन भयो । त्यो टाढाको हुल पनि मै तिर आउँदै थियो । मैले सोचेँ यीनीहरुबाट केहि थाहा होला । तिनीहरु मेरो नजिक आईपुगे । म कैयन प्रश्न तेर्साउने जमर्को गर्दै थिएँ । तर एक्कासी त्यो हुल मध्यबाट एउटाले मलाई घोक्रेठ्याक पा¥यो र 'अघिको केटोले के भनेर गयो', भन्न थाल्यो । मैले 'के भयो, मैले गरेँ, किन मलाई समातेको?' भन्दै थिएँ, तर मेरा प्रश्नको मतलब थिएन उनिहरुलाई । बस् एउटै प्रश्नको उत्तर चाहिएको थियो उनिहरुलाई अघिको केटाले के भनेर गयो । जसको उत्तर मसँग थिएन । मैले भने, 'उ त केहि पनि नभनि गयो, पिठ्युमा चोट लागेको रहेछ, बोल्नै सक्ने अवस्थामा थिएन ।' हुल भित्रबाट अर्को बाघे आवाजमा गर्जियो, 'भागेर कहाँ जान्छ साला, मर्न त हाम्रै हातबाट लेखेको छ त्यसलाई ।' उसका अभिब्यक्तिबाट अघिको केटालाई यीनीहरुले नै आक्रमण गरेका रहेछन, भन्ने ठम्याउँन मलाई धेरै बेर लागेन ।

 केहि बेर पछि उनिहरुले मलाई छोडे, र केटो गएकै दिशा तिर हान्निए । मेरो मन झन झन डराउन थाल्यो, मलाई आफ्नो भन्दा पनि त्यो घाईते केटोको चिन्ताले सताउन थाल्यो । साँझ परिसकेको थियो। मनमा अनेकौँ कुरा खेलाउँदै म घर पुँगे । कसलाई के भन्ने, के गर्ने? अहँ बिलकुल केहि सोच्न सकिरहेको थिईन् मैले । आमैले खाना पकाई सकेकी रहिछन् । आमैले खाना खाने बेला भयो, आईज भनि निर्देशनात्मक आदेश जारि गरिन । मेरो मन एक ठाँउमा थिएन, म बारम्बार उसैको बारेमा सोचिरहेको थिएँ । 

कतै उसलाई मारि त सकेनन् । मनमा कुरा खेलाउँदा खेलाउँदै म टोलाए छु । फेरि खाना खान बोलावट भयो । खाना मनै थिएन, तैपनि म भान्छा तिर हान्निए । तरकारी करेला पाकेको रहेछ । यसै पनि प्रायः करेला नखाम जस्तो हुने मलाई आज के चाहियो । करेलाको तरकारीसँग म खान्न भनेर म भान्छाबाट निक्लिएर आफ्नो कोठा तर्फ लागे । उछ्यान भताभुङ्ग थियो, मिलाउने जाँगर पनि चलेन, यसै पल्टिएँ । मनमा उहि कुरा थियो, कतै उसलाई मारि त भ्याएनन् । 

उछ्यानमा पल्टिएको २ घण्टा बिति सक्दा पनि आँखा सुस्ताउन मानिरहेको थिएन । सोच्दा सोच्दै पछि निदाएछु म । २ः४४ मा निदाएको म बिहान ६ः२५ मा ब्युझिएँ । जुरुक्कै उठेँ र धारा तिर मुख धुन लागेँ । चापाकल चलाउँदै थिएँ, बाटोबाट कसैले लास भेटियो, भनेको सुने । म दौडिएर उ भएको तिर पुगेँ, कहाँ कस्तो लास, उस्ले भन्यो 'तेरो साथीको लास ।' म खग्राङ्गै भएँ । संयमित भएर मैले फेरि सोधे 'कुन साथीको लास ।' उसले भन्यो '.................. को लास । '
म दौडिदैँ उसले बताएको ठाउँ तिर पुगे । परैबाट म खग्राङ् खुग्रुङ भईसकेको थिएँ । तैपनि आँट गरेर नजिक पुगेँ । लास उत्तानो थियो । डराई डराई पल्टाएको उहि हिजोको केटो, अर्थात '.........' जसलाई मैले चिन्न सकेन छु ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates