Social Icons

Thursday, November 14, 2013

गजल-सहमितमै खुल्छ

-भरत खड्का

नेपाल बन्द हुन्छ तर सहमति मै खुल्छ सानु
बन्द तिम्रो मन मेरो बिन्ती कहाँ सुन्छ सानु ।

मेरो मनमुटु माथी तोड्फोड भयो तिम्रो बन्दले
प्रजातन्त्रमा बिपछिका पनि कुरा सुन्ने रुल्छ सानु

तिमीसम्म पुग्ने सबै नाका बन्द गरेउ बार्ता पनि
दैनिक जिबनयापन नै गाह्रो भो सम्झे मन रुन्छ सानु

जसै सहमती गरौ नभय सत्ता आमा बाउलाई दिउ
तिमी मेरी भय यो प्रेमी अरु सबै माग भुल्छ सानु

बिस्वास लाग्दैन भने आउ ताजा चुनाब गरौ
हेरत देस दुनिया हाम्रै पक्षमा हुल्का हुल छ सानु  ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates