कसैको आफन्तको चिता जलिरहेको बेला ऊ आर्यघाटमा बेसरी रोइरहन्छ । अरु रोएका
हुँदैनन् । यसको अर्थ यो होइन कि उनीहरुमा दुःखको संवेग छैन ! यति हो, उसको
भन्दा कम संवेग प्रकट हुन्छ अरुहरुको । संवेग सबैमा हु्न्छ । कतिबेला
विशेष परिस्थितिले बढाइदिन्छ । प्रेम त्यस्तो संवेग हो, जो गर्नेलाई ठूलो
लागिरहन्छ । त्यसैमा आफ्नो कविता लेख्छ, कथा लेख्छ, उपन्यास गजल लेख्छ ।
उसको सारा दुःख पनि त्यही, सारा खुशीहरु पनि त्यही !! पूरापूर संवेग नै
त्यसमै छ । तर अरुका लागि त्यही संवेग सामान्य भएर रहन्छ । त्यही संवेग
अरुलाई पनि बरोबर बुझाउनका लागि हो - अभिव्यक्त गर्ने माध्यम साहित्य
चाहिएको । मानिस साहित्य मार्फत आफ्नो सारा संवेग अरुमा अभिव्यक्त गर्न
चाहन्छ ।
म चाहिं साहित्यको कुनै विधामा कलम चलाउँदिन । अभिव्यक्त गर्ने
माध्यम मात्र - रात्री गन्थन !!!
No comments:
Post a Comment