Social Icons

Tuesday, July 9, 2013

९ घण्टामा को को सँग भेटे खुर्शिदले ? (पुर्ण समाचार सहित)

बिशाल सापकोटा, चितवन, २५ असार
एक दिने नेपाल भ्रमणमा आएका भारतिय बिदेशमन्त्रि सलमान खुर्शिदले भ्रमण सकि फर्कि सकेका छन । २ दिनका लागी तय भएको खुर्शिदको नेपाल भ्रमण अधिकाशं दलका शिर्ष नेताहरु बाहिर रहेकाले हिजै १ दिनमा झारिएको थियो । आज बिहान ९ बजे त्रिभुवन बिमान स्थलमा झरेका खुर्शिदले प्रथमतः निमन्त्रणा कर्ता परराष्ट्र मन्त्रि माधब प्रसाद घिमीरेलाई भेट दिए ।

 सिहंदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा भएको भेटमा खुर्शिद र घिमीरे बिच यस अघि नेपाल र भारत बिच भएको द्धिपक्षिय सम्झौताका बारेमा छलफल भयो । त्यस पछि खुर्शिदले अन्तरिम चुनाबी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मिलाई प्रधानमन्त्रि कार्यालयमा पुगी भेटे । रेग्मिसँगको भेटमा खुर्शिदले नेपालमा निर्वाचन मिति घोषणा भएकामा खुसी व्यक्त गर्दै निर्वाचन सफल पार्न भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएको भेटपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पत्रकारलाई जानकारी दिए । 

खुर्शिदले नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया, राजनीतिक स्थायित्व र समृद्धिका लागि भारतको पूर्ण रूपमा समर्थन र सहयोग रहने दोहो¥याएका थिए । भेटका अवसरमा नेपालको जलस्रोत र  व्यापार प्रवद्र्धनका साथै पारस्परिक हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको थियो । भेटका अबसरमा भारतले निर्वाचनका लागि ७६४ वटा विभिन्न प्रकारका सवारी साधन सहयोग गर्नेबारेमा सहमतिपत्रमा हस्ताक्षर भएको प्रवक्ता थापाले बताए । रेग्मिसँगको ४० मिनेटको छलफल पछि खुर्शिद शितल निवास तिर हान्निए । शितल निवासमा उनले राष्ट्रपति डा. रामबरण यादब सित शिष्टचार भेट गरे । 

भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा नेपाल र भारतका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।  राष्ट्रपतिसँग भेट पछि भारतिय बिदेश मन्त्रि खुर्शिद बत्तिसपुतली स्थित होटल द्धारिकामा पुगेका थिए । शिर्ष दलका नेताहरुसँग भेटको कार्यक्रम सोहि होटलमा तय भएको थियो । 

राजनितिक दलका दलका नेताहरुसँग तय भएको भेट कार्यक्रममा खुर्शिदले सुरुमा एमाओबादी नेताहरुलाई बोलाएका थिए । माओबादी नेतृत्वसँगको भेटमा खुर्शिदले नेपालको लोकतन्त्र संस्थागत गर्न भारत सरकारको तर्फबाट हरप्रकारको सहयोग रहने बताउनु बताएका थिए । उनले नेपालको शान्ति र समृद्धिमा भारतको सदिक्षा रहेको भन्दै संविधानसभाको निर्वाचनमार्फत नेपाल नयाँ राजनीतिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेको एमाओवादीका विदेश विभाग प्रमुख राम कार्कीले जानकारी दिए ।

 निर्वाचन प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादीले पनि वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्ने विषयमा लचक भएकामा खुसी व्यक्त गर्दै विदेशमन्त्री खुर्सिदले नेपालका सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनेमा भारत आशावादी रहेको बताएको विदेश विभाग प्रमुख कार्कीले जानकारी दिए । भेटवार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महरा, नेताहरु वर्षमान पुन, राम कार्की र हिसिला यमी सहभागी थिए । 

आधा घण्टा भएको भेटवार्तामा एमाओवादीका अध्यक्ष दाहालले केही समय पहिले गरकोे भारत भ्रमणको विषयमा समेत चर्चा भएको विदेश विभाग प्रमुख कार्कीले जानकारी दिए । एमाओबादी नेतृत्वसँगको भेटपछि खुर्शिदले कगेंसका नेताहरुसँग भेट गरेका थिए । दुई दिनका लागी तय भएको खुर्शिदको भ्रमण अचानक १ दिनमा छोट्टिए पछि कग्रेंस सभापति सुशिल कोईराला भने अमेरिकामा रहेकाले भेटबाट बञ्चित भए । बिमानस्थल ओर्ले लगत्तै देखि नेपाली राजनिति निर्वाचनमा अधिक चासो प्रकट गरेका खुर्शिदले एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा पनि सोहि बिषयमा केन्द्रित भए । 

खनालसँग भेटमा खुर्शिदले भारतले नेपालमा संबिधानसभाको निर्वाचन सफलता पुर्वक सम्पन्न भएको हेर्न चाहेको बताएका थिए । त्यसका लागी भारतको सदभाव र समर्थन रहिरहने खुर्शिदले बिश्वास दिलाएका थिए ।  दिउँसो २ बजे एमाओबादी नेतृत्वसँगबाट सुरु भएको बिदेश मन्त्रि खुर्शिदको भेट साँझ साढे ५ बजे मधेसबादी दलका नेताहरुमा पुगेर टुगिंएको थियो ।

 नेपालमा संबिधानसभाको निर्वाचनको मिती घोषणा भईसकेको अवस्थामा छिमेमी मुलुकबाट भएको उच्च भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । चुनाबको बिरोध गर्दै आन्दोलनमा रहेको नेकपा–माओबादीको चुनाब बहिस्कार गर्ने र हुनै नदिने धम्किबाट त्रसित बनेका नेताहरुलाई खुर्शिदले राजनितिक दबाब दिएको बिश्लेष सुरु भएको छ ।

 गैर दलिय नेतृत्वमा मुलुक चलिरहँदा झन अस्थिरता बढ्न सक्ने भन्दै भारतमा यसमा निकै चिन्तित छ, त्यसैले पनि उ नेपालमा संबिधानसभाको निर्वाचनको सफलता चाहन्छ । खुर्शिदको भ्रमणबाट बाहेक आज निर्वाचनका लागी भारतले ७ सय ६४ ओटा गाडी दिने सहमति जनाएको छ । जसलाई नेपालमा मंसिर ४ मा हुन गईरहेको संबिधानसभाको निर्वाचनमा भारतको पनि ऐक्यबद्धता छ है, भनेर बुझाउन खुर्शिद नेपाल भ्रमणमा आएको परराष्ट्र स्रोतले बताएको छ  ।





No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates