Social Icons

Friday, November 22, 2013

मोरङ ७ मा शेखर कोइरालासँग विजय गच्छदार पराजित

फोरम लोकतान्त्रिकका विजय गच्छदारलाइ पराजित गर्दै कांग्रेसका शेखर कोइराला विजयी हुनुभयो । कांग्रेसका शेखर कोइरालाले ११ हजार ३ सय ८६ मत ल्याउनुभएको छ भने फोरम लोकतान्त्रिकका विजय गच्छदारले ९ हजार ८ सय ५० मत प्राप्त गर्नुभयो । 

फोरम नेपालका अध्यक्ष्य उपेन्द्र यादब पराजित
मोरङ क्षेत्र ५ मा नेपाली काग्रेसका उम्मेदवार अमृत अर्यालले मधेसी जनाधिकारी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबलाई पराजित गर्नुभएको छ । 

उपेन्द्र यादवलाई पराजित गर्ने क्रममा कांगे्रस उम्मेदवार अर्यालले ८८४४ मत ल्याउनुभएको छ । अर्यालयसाग पराजित फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ७९५२ मात्र मत ल्याउनुभएको छ ।

रुकुम २ मा एमाओवादी जनार्दन शर्मा विजयी 
रुकुम २ का एमाओवादीका उम्मेदवार जनार्दशन विजयी हुनुभएको छ । विजयी उम्मेदवार शर्माले २२५७५ मत ल्याएर विजयी हुनुभएको हो ।

खोटाङ १ मा एमाले विजयी 
नेकपा एमालेका खोटाङ क्षेत्र नम्बर १ का उम्मेद्वार पीके राई विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटत प्रतिद्वन्द्वी कांग्रेसका नरेश कुमार श्रेष्ठलाई पराजित गर्नुभयो । विजेता राईले १० हजार ८ सय २६ मत प्राप्त गर्नुभयो भने, कांग्रेसका श्रेष्ठले ९ हजार ८ सय ४९ मत प्राप्त गर्नुभयो । 

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates