Social Icons

Friday, November 22, 2013

एमालेको दोस्रो पुस्ता सखाप


काठमाडौं, ७ मंसिर । 
नेकपा एमालेका लागि चुनावी परिणाम सुखद भए पनि पार्टीभित्रका दोस्रो पुस्ताका नेताहरुलाई भने दुःखद भएको छ ।

एमालेका शीर्ष चार नेता झलनाथ खनाल, माधव नेपाल, केपी ओली र वामदेव गौतमले चुनाव जितेका छन् तर उनीहरु सरहको हैसियत बनाउने अभियानमा लागेका ईश्वर पोखरेल पराजित भएका छन् ।

एमालेको दोस्रो पुस्ताका अधिकांश नेता चुनावमा पराजित भएका छन् । पूराना र शीर्ष नेताबाट पार्टी अगाडि बढ्दैन भनी अभियान र विचार समूह नै चलाएका घनश्याम भुषाल पनि रुपन्देहीबाट पराजित भएका छन् ।

एमाले सचिव शंकर पोखरेल दाङबाट पराजित भएका छन् भने पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली गुल्मी, लम्जुङबाट पृथ्वी सुब्बा गरुङ पराजित पराजित भएका छन् ।

त्यसैगरी एमालेका नयाँ पुस्ताका हस्तीहरु कृष्णगोपाल श्रेष्ठ र योगेश भटराई काठमाडौंबाट, लालितपुरबाट रघुजी पन्त पराजित भएका छन् । भने सुर्खेतमा यमलाल कँडेल र रुपन्देहीमा रामनाथ ढकाल पनि मतगणनामा धेरै पछाडि छन् । पछिल्लो समय उदाएकी शान्ता चौधरी पनि दाङमा पराजित भएकी छिन् ।

एमालेमा हुनेहरु एकथरिको पराजय भएको छ भने एमाले छाडेर अर्को पार्टीबाट उम्मेदवार बनेकाहरु पनि स्वाहा बनेका छन् । धनुषामा रामचन्द्र झा मतगणनामा निकै पछाडि छन् भने पर्सामा उर्मिला अर्याल पनि पछाडि परेकी छिन् । झा र अर्याल दुवैले चुनावको मुखमा पार्टी छाडेका थिए । पार्टी छाडेर संघीय समाजवादी पार्टी खोल्नेहरुको पनि चुनावी विचल्ली भएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates