Social Icons

Monday, November 25, 2013

चुनाव हारेपछि फेसबुकमा नानाथरिका बिरह


१० मंसिर, काठमाडौं ।
 संघीय समाजवादी पार्टीबाट काठमाडौं क्षेत्र नं. ३ मा उमेदवार बन्नुभएका आङकाजी शेर्पाले पराजित भएपछि फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै संविधानसभाको चुनावमा आफू पराजित भए पनि अब सडकबाट संघर्ष गरेर एकल जातीय पहिचानसहितको संघीय संरचना स्थापित गरी छाड्ने दाबी गर्नुभएको छ ।
‘संविधानसभा गएर पहिचान, संघीयतालाई संविधानमा सुनिश्चित गर्न अग्रणी भुमिका निर्वाह गर्ने मेरो सपना अधुरो भयो’, शेर्पाले फेसबुकको भित्तामा लेख्नुभएको छ, ‘आदिवासी जनजातिको अभियन्ताको रुपमा पहिचान, संघीयता, धर्मनिरपेक्ष, गणतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई संविधानमा राख्न सडकबाटै वलिदानीपूर्ण संर्घष र आन्दोलनलाई सदैव जारी राख्ने प्रतिज्ञा गर्दछु ।’

दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएपछि सानादेखि ठूला दलका नेताहरुले मनको बह पोख्ने माध्यम सामाजिक सञ्जाल फेसबुकलाई बनाएका छन् । ठूला दलका ठूला नेताहरुले समेत अप्रत्यासित पराजय भोग्नुपरेपछि आफ्नो हारको कारण चुनावमा भएको धाँदलीलाई ठानेका छन् । केहीले भने हारलाई जीवनको एउटा पाटोसँग जोडेर सहर्ष स्वीकारेका छन् ।
एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले रुपन्देहीबाट पराजय भोगेपछि फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । डा.भट्टराईले  भट्टराईले आफूलाई मत दिने रुपन्देही ४ र गोरखा १ का मतदातालाई धन्यवाद दिंदै निर्वाचनप्रकृयाप्रति गम्भीर प्रश्न उठ्नुले देशमा परिवर्तन संस्थागत हुन कठिनाई हुने दावी गर्नुभएको छ ।

‘मैले हारे पनि वा जिते पनि उत्तिकै जिम्मेवारीबोधका साथ सम्बन्धित क्षेत्र र जनताको निरन्तर सेवा गरिरहने प्रतिबद्वता व्यक्त गर्दछु’, भट्टराईले फेसबुकमा लेख्नुभएको छ, ‘यो निर्वाचन प्रकियाबारे गम्भीर प्रश्न उठ्नु र अग्रगामी परिवर्तनका मुद्दा पछाडि पर्नु दुखद कुरा हो । तैपनि सबैले राष्ट्रिय सहमति कायम गरेर अग्रगामी निकास खोज्नु आजको आवश्यकता हो ।’
नेकपा एमालेका सचिव शंकर पोखरेलले दाङ ४ बाट आफ्नो पराजयलाई जिन्दगीको एउटा पाटोको रुपमा लिएको बताउँदै हारबाट विक्षिप्त नहुन एकीकृत माओवादीका नेताहरुलाई सुझाव समेत दिनुभएको छ ।
जिन्दगी हो हारजीत भइरहन्छ
बाधा पन्छाउँदै नदी बगिरहन्छ ।।।। 
संकल्प परिवारले गाएको यो जनवादी गीतलाई सम्झँदै सचिव पोखरलेले एकपटकको पराजयबाट जिन्दगी सकियो भन्ने नठान्न एमाओवादी नेताहरुलाई आग्रह गर्नुभएको छ ।‘मलाई त यतिवेला संकल्प परिवारले गाउने यो गीतको सम्झना भइरहेछ’, पोखरेलले फेसबुकमा भन्नुभएको छ, ‘कमरेड प्रचण्ड र एमाओवादीका अन्य मित्रहरुले पनि एक पटक यो गीतको सम्झना गर्ने हो कि’


कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले एमालेका अर्का युवा नेता रविन कोइरालासँग झापा १ बाट पराजित भएपछि फेसबुकमा फोटोसहितको स्टाटस पोष्ट गर्नुभएको छ । फोटोसहितको स्टाटसमा वहाँले भन्नुभएको छ,  ‘मैले मन जित्न सकिँन त्यसैले मत जित्न सकिँन ।’

शर्माले विजयी एमालेका उम्मेदवार रविन कोइरालालाई बधाई दिनुहुँदै सम्मानजनक मत प्रदान गर्नुहुने मतदातालाई फेसबुकमार्फत धन्यवाद दिनुभएको छ ।
Bishwoprakash-sharma
मोरंग ३ बाट कांग्रेसका दिलिप गच्छदारसँग पराजित हुनुभएका एमाले केन्द्रीय सदस्य गुरु बरालले सूर्यको किरणमा आˆनो भविष्य देखेर भोट दिनुहुने सबै मतदाता तथा सहयोगीहरुलाई धन्यवाद दिनुभएको छ । ‘सफलताको नजिक पुगेर पनि चुक्यौं, त्यसले हामी सबैमा निराशा छाएको छ, यो निराशा सधैं रहने छैन र पार्टीपंक्ति सदैव जनताको सेवामा समर्पित रहनेछ’, बरालको भनाइ छ-’जितेर गए जनप्रतिनिधिको रुपमा तपाईंहरु माझ आउने थिएँ, अब राजनीतिकर्मीर्को रुपमा तपाईहरुको सुख-दुखमा साथै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

आफूलाई पराजित गर्नुहुने कांग्रेसका उमेदबार दिलिप गच्छदारलाई बधाइ दिनुहुँदै बरालले जनताको अपेक्षाअनुसार काम गर्न सुझाव दिनुभएको छ । ‘मोरङ ३ का जनताको भावना अनुसारको संविधान बनाउने र विकास निर्माणको काममा सक्रियता रहोस्, विजयी उम्मेदवार गच्छदारज्यूलाई मेरो शुभकामना ।’
चुनाव प्रचारको माध्यम पनि सामाजिक सञ्जाललाई बनाएका उम्मेदवारहरुले हार व्यहोर्नुपरेपछि केहीले रीस पोख्ने माध्यम पनि सामाजिक सञ्जाललाई नै बनाएका छन् । चुनावमा पराजित भएका एमाओवादी, संघीय समाजवादी तथा अन्य साना दलहरुका उम्मेदवारले भने चुनाबमा सेना, प्रहरी र कर्मचारीको मिलेमतोमा  धाँदली गरेर अग्रगमनको पक्षमा रहेका दललाई सुनियोजित तरिकाले हराएको आरोप फेसबुकमार्फत लगाएका छन् ।


डाँडापारि लुकेको सूर्य फेरि उदाउने छ : ज्ञवाली
एमाले नेता प्रदीप ज्ञवालीले गुल्मीबाट पराजित भएपछि फेसबुकमा भावुक अभिव्यक्ति दिनुभएको छ । ज्ञवालीले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ-’ संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नु हुने सम्पूर्ण गुल्मीवासीप्रति आभार प्रकट गर्दछु । मलाई आशिष दिने वृद्ध बुबाआमाहरु, हामीमा आफ्नो भविश्य देखेर नाच्ने रमाउने साना नानीहरु, ज्यान हत्केलामा राखेर खटेका युथ फोर्सका साथीहरु, कला-गलाले साथ दिने कलाकारहरु, काठमाडौं, बुटवल र प्रवासी साथीहरु-तपाईहरुलाई म सधैं मिस गरिरहनेछु । यामे यात्रा हो, जुन निरन्तर जारी रहनेछ । गुल्मीको विकास र गुल्मीवासीको दुख-सुखमा मेरो उपस्थिति सदैब पाउनुहुने छ । यो प्रतिकूल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु । शायद उम्मेद्वारको रुपमा ममा नै कमी थिए कि ! निराश नबनौं, एकछिन डाँडापारि लुकेको सूर्य फेरि उदाउनेछ ।’


Pradeep-Message

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates