Social Icons

Monday, November 25, 2013

यसरी हुन्छ समानुपातिक सीट बाँडफाँट


samaanupaati gandai

काठमाडौं, १० मंसिर । धेरैलाई भ्रम छ, समानुपातिक तर्फको सीट बाँडफाँड सम्बन्धमा । विज्ञ भनिनेहरुले समेत समानुपातिकको सीट बाँडफाँड बारेमा कुरा नबुझी मिडियामा अभिव्यक्ति दिएको सुनिन्छ ।
प्रचार गरिए मुताबिक समनुपातिकमा खसेको सदर मतलाई ३३५ सीटले भाग लगाएर सीटको बाँडफाँड हुने होइन ।
यसका लागि अर्कै विधि छ जुन विधिबाट
मतगणना गर्दा कुनै पनि मत खेर जाँदैन ।
प्रत्येक मतलाई प्रतिनिधित्व गराइन्छ । अर्थात्, समानुपातिकमा मतदाताले दिएको हरेक मतको संविधानसभामा प्रतिनिधित्व हुन्छ ।
यसरी प्रतिनिधित्व हुने प्रणालीलाई नै समानुपातिक प्रणाली भनिन्छ, कूल मतलाई सीट संख्याले भाग गरेर बाँडफाँड गरिने होइन ।
समानुपातिकमा सीट बाँडफाँड दलीय आधारमा हुन्छ ।
दलहरुले प्राप्त गरेको कूल मतलाई धेरैभन्दा धेरै भागफलले भाग लगाइन्छ । यसो गर्दा ३३५ सीट संख्यामा सीमित रहनुपर्छ, किनभने संविधानसभाका लागि समानुपातिकबाट सभासद् चयन हुने त्यति संख्या मात्र हो ।
यो भाग लगाउने विधि अनुसार सबैभन्दा थोरै मत ल्याउने अथवा सीट नपाउने दलहरुको मत अन्य दलमा दामासाहीले गएको हुन्छ । क्रमश यसरी भाग लगाउँदै जाने विधि अनुसार ठाडो हिसाब गर्दा सीट नपाउने जस्तो देखिएका दलले पनि सीट पाउन सक्छन् ।
यो विधिबाट मत विभाजन गर्दै तीन सय ३५ सीट संख्याको भाग लगाउन निर्वाचन आयोगलाई केही दिन लाग्छ । यस्तो हिसाब गर्दा दलीय प्रतिनिधिहरु पनि हुन्छन् ।
समानुपातिक सीट बाँडफाँडको हिसाबमा कुनै पनि मत अच्किल्टो बन्दैन, अर्थात् खेर जाँदैन । बीस हजार मत ल्याउनेले एक सीट पाउने भयो र उसले २१ हजार मत ल्याएको छ भने उब्रिएको मत अन्य दलमा दामासाहीले गणना भएको बुझ्नुपर्छ । तर, सुरु देखि नै यसरी गणना गरिएको हुन्छ कि कसैको पनि मत उब्रिँदैन, यसरी गणना गर्ने खास गणितीय फर्मूला रहेको छ ।
यो गणितीय फर्मूलामा मतलाई बारम्बार भाग गर्दै लगिन्छ । त्यसैले कूल मतलाई ३३५ सीटले भाग लगाउँदा जति मत भएकाले एक सीट पाउने जस्तो देखिन्छ त्योभन्दा थोरै मतकाले पनि सीट पाउने अवस्था रहन्छ । निर्वाचन आयोगका अनुसार समानुपातिक सीट बाँडफाँटको हिसाब निकाल्न करिब एक साता लाग्छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates