Social Icons

Monday, November 25, 2013

कांसेसले एमालेलाई उछिन्यो


काठमाडौं, १० मंसिर । 

समानुपातिक तर्फको मतगणनामा कांग्रेसले एमालेलाई उछिनेको छ । १ सय ४० क्षेत्रको मतगणना भइसक्दा एमालेलाई उछिनेर कांग्रेस अघि बढेको छ । कांग्रेसले अहिलेसम्ममा  ९ लाख मत पाएको छ । एमाले थोरै मतले मात्र दोस्रोमा छ । एमाओवादी लगातार तेस्रो स्थानमा रहेको छ भने चौथोमा राप्रपा नेपाल छ । राप्रपा नेपालले एमाओवादीलाई उछिन्ने सम्भावना देखिएन, किनभने राप्रपा नेपालको भन्दा एमाओवादीको दोब्बर मत भइसकेको छ ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सर्वाधिक सीट जितिसकेको छ भने समानुपातिकबाट
पनि ऊ नै ठूलो दल बन्ने सम्भावना बढेर गएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट कांग्रेसले धेरै सिट जित्यो भने नयाँ सरकार कांग्रेसको नेतृत्वमा बन्न सक्छ । तर, अहिलेकै रफ्तारमा समानुपातिकमा मत आयो भने पनि कांग्रेस एक्लैले सरकार बनाउन सक्ने छैन ।
समानुपातिकमा अहिले कांग्रेसको अग्रता भए पनि त्यो कायम नरहन सक्छ । समानुपातिकमा कांग्रेसको अग्रता कायम रहेन र एमाले अगाडि लागेको अवस्थामा पनि उनीहरुबीच धेरै मत अन्तर हुने देखिँदैन । यसरी हेर्दा जसो गरे पनि संविधानसभामा कांग्रेस नै सबैभन्दा ठूलो दल बन्ने अवस्था देखिएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates