Social Icons

Thursday, November 21, 2013

प्रचण्डलाई भारतले भन्यो 'त्यसो नगर्नु '

काठमाडौं, ७ मंसिर
एकीकृत नेकपा माओवादीले नयाँ निर्वाचित संविधानसभासँग सबन्ध नराख्ने घोषणा गरेपछि दक्षिणको छिमेकी भारतले त्यसो नगर्न आग्रह गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदुत रन्जित रे ले जनमतलाई स्वीकार गरेर अघि बढ्न आग्रह गरेका छन् ।

उनले भारतको चाहाना अब नेपालमा छिट्टै संविधान बनोस भन्ने रहेको बताए । स्रोतका अनुसार उनी भारतीय सरकारको धारणा लिएर प्रचण्डलाई भेट गर्न बिहीबार उनको निवासमा पुगेका थिए । प्रचण्डले आफुलाई षड्यन्त्रमा पारिएको दावी गरेपनि संविधान निर्माणमा प्रतिवद्ध रहेको बताएका थिए ।

स्रोतका अनुसार भारतीय राजदुतले नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि टेलिफोन कुराानी गरेका छन् । उनले प्रचण्डको भनाई आशय बुझ्न कांग्रेस एमालेलाई फोन गरेको एक नेताले बताए ।  

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates