Social Icons

Thursday, November 21, 2013

प्रचण्ड निवासमा विदेशीको भीड लाग्न थाल्यो

संविधानसभाको परिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्न विदेशी राजदुतहरु प्रचण्ड निवास लाजिम्पाट धाउन थालेका छन् । यसैक्रममा भारतीय राजदूत, अमेरिकी राजदूत र युरोपेली संघका राजदूतहरुले प्रचण्डलाई भेटिसकेका छन् ।

स्रोतका अनुसार भारतीय राजदूत रञ्जित रेले विहीबारै प्रचण्डसँग भेटेर निर्वाचनको परिणामबारे प्रचण्डको असन्तुष्टिबारे जानकारी लिनुभएको छ । शुक्रबार विहान अमेरिकी राजदूत पिटर डब्ल्यु बोडेले प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबारै युरोपेली संघका राजदूतहरुले पनि सामुहिकरुपमा प्रचण्डसँग भेट गर्नुभएको छ । त्यस्तै चुनावको अनुगमनका लागि नेपालमा रहनुभएका अमेरिकी पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका प्रमुख जिमी कार्टरले पनि प्रचण्डसँग भेट गर्नुभएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates