Social Icons

Thursday, November 21, 2013

चुनावमा धाँधलीको अडियो प्रमाण ! (अडियो टेप)

नेपालमा चुनावमा धाँधली गर्नु सामान्य भइसकेको छ, ‘चुनावमा जसले सक्छ त्यसले जित्छ’ भन्ने भनाइ नै छ । अनि, चुनावमा साम, दाम, दण्ड र भेद प्रयोग गरेर पनि जित्नुपर्छ भन्ने मान्यता राखिन्छ ।
यसका लागि अधिकांश उम्मेदवारहरु जस्तोसुकै षडयन्त्र गर्न पनि पछि पर्दैनन्, चुनावमा धाँधली गर्न सबैभन्दा उपयोगी हुने मानिन्छ कर्मचारी वर्ग । मतदान केन्द्रमा खटिने कर्मचारीलाई हात लिनु धाँधलीको अचुक उपाय मानिन्छ । यस्तै खाले धाँधली नुवाकोटमा भएको एउटा अडियो टेप फेला परेको छ ।
युट्यूबमा राखिएको यो अडियो टेपमा कुनै मतदान केन्द्रका कर्मचारीले धाँधली गरेर आफूले चाहेको पार्टीलाई कसरी हराएको अनि चाहेको पार्टीलाई जिताउन धाँधली गरेको संवाद् छ । यो संवाद् कसको हो ? खोजी गरेर कारबाही गर्न जरुरी देखिन्छ । अडियो टेप युट्यूबमा हाल्नेले उल्लेख गरेका छन्, यो नुवाकोटमा भएको चुनावी धाँधलीको प्रमाण हो ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates