Social Icons

Sunday, November 24, 2013

कलाकर्मीको नराम्रो हार

-uddhav-poudel

काठमाडौं, ९ मंसिर ।  संविधानसभा निर्वाचनमा विभिन्न राजनीतिक पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका कलाकर्मीले नराम्रोसँग हार व्होर्नुपरेको छ ।
राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका चलचित्र निर्माता तथा हल सञ्चालक उद्धव पौडेल, गायक सञ्जय श्रेष्ठ, गायिका मिरा राणा र भरित्र अभिनेत्री शैलजा
पाण्डेले नराम्रोसँग हार व्यहोरेको हुन् । निकै तामझामका साथ प्रचारप्रसार गरे पनि उनीहरुले आफूलाई टप थ्रीमा समेत पार्न सकेनन् ।
उनीहरु सबैको जमानत जफत भएको छ । निर्वाचनमा खसेको कुल मतको दश प्रतिशत मत ल्याउने उम्मेदवारको जमानत रकम जफत हुने प्रावधान अनुसार उनीहरुको जमानत जफत भएको हो ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates