Social Icons

Sunday, November 24, 2013

भुवन केसी मख्ख

chhath-madhav-bhuwan

काठमाडौं, ९ मंसिर । एकरात प्रत्यक्ष उम्मेदवारको टिकट हातमा लिई अर्को दिन खोसिएका अभिनेता भुवन केसी भने एमालेको अग्रतासँगै मख्ख परेका छन् । उनले सुरुमा एमाले काठमाडौं १ बाट प्रत्यक्ष उम्मेदवारको टिकट पाएका थिए ।
तर, पार्टीभित्र उनको व्यापक विरोध
भएपछि एमालेले उनको किट खोसेर विद्या न्यौपानेलाई दिएको थियो । टिकट खोसिएपछि राप्रपा नेपाल पस्न ठिक्क भएका भुवनलाई एमालेले समानुपातिकमा राख्ने सर्तमा पार्टीमा थमाउन सफल भयो ।
अचेल भुवन एमालेका विजेता नेताहरुको अघिपछि देखिन्छन् । समानुपातिक परिने सम्भावना अधिक हुँदै गएपछि भुवनको राजनीतिक सक्रियता बढ्न गएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates