Social Icons

Sunday, November 24, 2013

घरेलु मदिरा सेवनबाट २ को मृत्यु, २ सिकिस्त

निजगढ, मंसिर ९ - 
घरेलु मदिरा सेवनले बारामा शनिबार राति २ युवकको मृत्यु भएको छ । थप २ युवक सिकिस्त अवस्थामा उपचारको क्रममा छन् । घटनापछि प्रहरीले २ मदिरा बिक्रेतालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

मृत्यु हुनेमा पिप्रा विर्ता गाविस ६ का २५ बर्षीय विषेश्वरप्रसाद कुर्मी पटेल छन् । उनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु 
भएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए । उनका १ छोरा र छोरी छन् । मदिरा सेवनपछि सबैको बान्ता र ज्वरो आएको थियो ।

कलैया अस्पतालमा पोस्टमार्टम गरी शव घरपरिवारलाई जिम्मा लगाइएको उनले बताए । मदिरा सेवनबाट थप २ सिकिस्त सोही गाविस ५ का २५ बर्षीय उपेन्द्रराम चमार र वडा ६ का २७ बर्षीय किसुनदयाल दास रहेका छन् । उनीहरुको कलैया अस्पतालमा उपचार

 भईरहेको छ । यसैगरी अर्का युवक बरियारपुर गाविस ४ का २१ बर्षीय रमेशप्रसाद कुसवाहाको मृत्यु भएको छ । बरियारपुर बजारबाट शनिबार रक्सी खाएर घर गएपछि विरामी पर्दा वीरगंज स्थित मेडिकल कलेजमा उपचारको लागि लग्ने अवस्थामा मृत्यु भएको प्रहरीले जनायो ।

बरियारपुर गाविस ७ बजार टोलका मदिरा विक्रेता अजय साहको पसलबाट आफ्ना पार्टीका नेता चुनाव जितेको उमंगमा मदिरा सेवन गर्दा तत्कालै बिरामी परेपछि २ को मृत्यु र २ सिकिस्त भएको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ । मृतक कुर्मी र सिकिस्त २ जना भारतको हिमांचल प्रदेशको नालागढीमा मजदुरी गर्दै आएका तिनै जना संविधानसभाको निर्वाचनमा मतदान गर्न चुनावको एक दिन अघि घर आएका थिए ।  

प्रहरीले मदिरा सहित मदिरा विक्रेता अजयका बाबु गंगा विष्णु साह र उनका भाई संजय साहलाई नियन्त्रणमा लिएको हो । अजय भने फरार छन् । 'मदिरा परिक्षणसहित भिसेरा जाँचको लागि प्रहरी प्रधान कार्यालयको विधि विज्ञान प्रयोगशाला पठाइएको छ,' प्रहरी निरिक्षक घिमिरेले भने, 'जाँचमा विषादी प्रयोग भएको पाइएमा मुद्दा चलाइनेछ ।' प्रहरी प्रशासनको कडाइको अभावमा यस क्षेत्रमा सयौं ठूला-ठूला घरेलु मदिराका भठ्ठीहरु छ्याप्प छ्याप्ती देखिन्छ । त्यस्ता मदिरा तयार गर्न चप्पल, ट्याबलेट, युरियालगायतका पदार्थहरु मिसाइने गरेको पाइएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates