Social Icons

Sunday, November 24, 2013

सहमति नभए दुई तिहाईबाट संबिधानः देउवा

धनगढी, मंसिर ९ - 
कांग्रेसका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  सहमतिबाट नभए दुई तिहाईबाट मुलुकमा संविधान आउने बताए । धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले सहमतिको दस्तावेज भएकाले सहमतिबाट निर्माण गर्न खोज्दाखोज्दै पनि सहमति नभए दुईतिहाईबाट भएपनि संविधान एक बर्ष भित्रै दिने बताए ।

उनले एमाओवादी सम्वैधानिक प्रकृयामा समावेश हुनेमा विश्वस्त रहेको बताए । देउवाले भने,' म यहाँबाट र्फकेपछि एमाओवादी नेताहरु र चुनावी प्रकृयामा नआएका ३३ दलसँग संविधान निर्माणको प्रकृयामा सहभागी गराउने प्रयत्न गर्नेछु ।'
नेता देउवाले संविधानमा सबैका भावनालाई समेटिने बताएका छन् । उनले भने,'दलित, आदिवासी जनजाती, सबै समुदाय र वर्गको संविधान बन्ने  छ ।' उनले कांग्रेस 
 संविधान निर्माण प्रकृयामा सबैको भावनालाई समेटनका लागि लचिलो हुन्छ । तर,  प्रजातन्त्रका मुलभुत सिद्धान्त र प्रकृयालाई भने नछोड्ने बताए ।

उनले नेपाली जनताले लोकतान्त्रिक शक्तिलाई जिताएकोले अव मुलुकले संबिधान पाउनेमा ढुक्क हुन बताए ।  उनले भने,' संबिधान बनेपछि मुलुक आर्थिक समृद्धीको बाटोमा अघि बढ्छ ।'

गृह जिल्ला डडेल्धुराबाट शुक्रवार बेलुका धनगढी आएका  देउवाले  शनिवार निर्वाचित भएको प्रमाण पत्र बुझे्का छन ।   देउवा शनिवार प्रमाण पत्र बुझेर देउवा सवैभन्दा पहिले  क्षेत्र नम्वर ६मा पर्ने फुलवारी र उर्मा गाविसमा मतदातालाई धन्यवाद दिन  गएका थिए ।

दिउसो २ बजे धनगढीमा देउवाको बिजय जुलुस  क्याम्पस रोढ देखी चौराहा सम्म निकालिएको थियो ।  जुलुसमा हजारौ सर्वसधारण र कार्यकर्ताहरु सहभागी थिए ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates