Social Icons

Saturday, November 23, 2013

प्रचण्डले जित्दा सुशील कोइराला खुशी

चितवन, मंसिर ८ – 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिराहाबाट विजयी हुँदा आफुलाई खुशी लागेको बताउनुभएको छ ।


चितवन ४ बाट निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पत्रकारसँग कुरा गर्दै उहाँले संबिधान निर्माण प्रक्रियामा प्रचण्डको अभाव खड्किने कुराले आफु चिन्तित भएको भन्दै सिराहा ५ बाट बिजय भएको खबर पाउँदा खु्शी लागेको बताउनुभएको हो ।

यसपालीको चुनाव अहिलेसम्मकै निष्पक्ष भएको भन्दै कोइरालाले धाँधली भयो भन्नु प्रचण्डको आरोप मात्र रहेको बताउनुभयो । लोकतान्त्रिक प्रक्रियाबाट दुई जना प्रधानमन्त्री भैसकेको पार्टी एकीकृत माओवादीले निर्वाचनको परिणाम स्वीकार गर्दिन भन्नु दुखद भएको कोइरालाको भनाई छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates