Social Icons

Monday, November 25, 2013

शोभराज र नीहिताको झल्को दिने अमेरिकी प्रेम चक्कर


आजीवन कारावास सजाय पाएका विकिनी किलर चाल्स शोभराजसँग विवाह गरेको दावी गर्दै निहिता विश्वास चर्चामा आएको धेरै भएको छैन । प्रेममा मानिस पागल हुन्छ भन्ने उखानको चरितार्थ हो यो ।
Charles Manson
Add caption
अमेरिकामा पनि यस्तै भएको छ । २५ वर्षीया युवती ७९ वर्षीय सिरियल किलरसँग आफूले विवाह गरेको दावी गरिरहेकी छिन् । उनले आफ्नो नाम स्टार भएको बताएकी छिन् र ७९ वर्षीय चाल्र्स मेसनको पछि लागेका छन् । चाल्र्स क्यालिफोर्नियाको
कोरकोरन जेलमा सामुहिक हत्याकाण्डको अभियोगमा आजीवन कैद सजाय भोगिरहेका छन् ।
रोलिङ स्टोन पत्रिकासँगको कुराकानीमा उनले आफू र चाल्र्सको विवाह भइसकेको दावी गरेकी छिन् । ‘मैले यसलाई निकै गम्भीर रुपमा लिएको छु । चाल्र्स मेरो हुनेवाला पति हुन् ।’ उनले भनेकी छिन् । स्टार मिसीसिप्पी नदी किनारको एक शहरमा बस्छिन् । उनका अनुसार १९ वर्षको उमेरमा नै चाल्र्ससँग प्रेम भएको थियो र उनी जेलमा चाल्र्सलाई भेट्न गइरहन्थिन् । उनले भनेकी छिन्–‘म उनकै लागि जन्मिएकी हुँ र उनीसँगै विवाह गर्न चाहन्छु ।’
Charles Manson 1
यो जोडीलाई जेलमा भेटको सुरुमा र आउने जाने बेलामा किस गर्ने अनुमति दिइएको छ । उनीहरु श्निबार र आइतबार ५–५ घण्टाका लागि भेट्छन् । तर, जेलका सुरक्षाकर्मीको निगरानी भने टुटदैन् । २५ वर्षीया यी युवती आफ्नो प्रेमीलाई कपडा, गिटार लगायतका गिफ्ट लिएर भेट्न जान्छिन् । जेलमा आजीवन कारावास पाएका कैदीलाई विवाहको अनुमति समेत दिइदैन ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates