Social Icons

Monday, November 25, 2013

धाँधली रिपोर्ट संकलन गर्न समिति

काठमाडौं, १० मंसिर ।

 एमाओवादी पुष्पकमल दाहाल प्रचण्डले तत्काल संविधानसभा नजाने बताएका छन् तर उनले शान्ति प्रक्रिया र संविधान निर्माणबाट भने आफ्नो पार्टी नभाग्ने पनि बताएका छन् । आजको बैठकमा उनले सो कुरा बताएका हुन ।
बैठकले चुनावमा धाँधली भएको निश्कर्ष निकाल्दै धाँधली भएको रिपोर्ट संकलन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटिको बैठकले नेता वर्षमान पुनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा रामचन्द्र झा, रामनारायण बिडारी, खिमलाल देवकोटा तथा पूर्वसचिव जनकराज जोशी रहेका छन् । समितिले १५ दिनभित्र देशभरका धाँधलीका रिपोर्टहरु बुझाउने छ । प्रचण्डले एउटा क्रान्ति जितेर आएको र ब्यालेटको लडाइँ हार्दा सबै हारेको नहुने बताए । अर्काे बैठक पुष ९ गते बस्ने बताइएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates