Social Icons

Monday, November 25, 2013

अबको प्रधानमन्त्री केपी ओली : विद्या भण्डारी

Bidhya-Bhandari-_20100127055705

काठमाडौं, १० मंसिर । 
भावी प्रधानमन्त्री को बन्ने बारेमा कांग्रेस र एमाले नेतृहरुले फरकफरक नाम लिन थालेका छन् । कांग्रेस नेतृ सुजाता कोइरालाले आगामी प्रधानमन्त्री सुशील कोइराला हुने दावी गरेकी छिन् ।
उता एमाले नेतृ विद्या भण्डारीले भने आगामी प्रधानमन्त्री केपी ओली हुने बताएकी छिन् ।
सुजाताको तर्क छ, ‘सुशील दा’को नेतृत्वमा कांग्रेसले चुनावी सफलता हासिल गरेको र पार्टीमा
पहिलेनै नाम प्रस्तावित भइसकेकोले सर्वसम्मत रुपमा उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ ।’
प्रधानमन्त्री पदका लागि कांग्रेसमा कुनै विवाद नहुने दावी पनि सुजाताले गरिन् ।
एमाले नेतृ विद्या भण्डारीले भनिन्, ‘एमालेलाई सरकारको नेतृत्व गर्ने जिम्मा आए प्रभावशाली नेता केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुहुन्छ । यसमा पार्टी भित्र कुनै विवाद छैन ।’
आज रिपोर्टर्स क्लबको कार्यक्रमका अर्का वक्ता नेकपा माले महासचिव सीपी मैनालीले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने विवाद थाले भने फेरि पनि अवस्था विग्रन सक्छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार निर्माणको विषयमा खिचातानी नगरि फेरि पनि सहमतिमै संविधान निर्माणको बाटोमा हिँड्न कांग्रेस र एमालेलाई सल्लाह दिए ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates