Social Icons

Monday, November 25, 2013

प्रचण्डलाई फकाउने काम तीब्र

काठमाडौं, १० मंसिर । 

अन्तिम चुनाव परिणाम आउन थालेपछि कांग्रेस र एमालेका नेताहरुले अन्य दलसँग भेटघाट तिब्र भएको छ । पार्टीको पराजयले रुष्ट बनेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउने काम पनि तिब्र बनेको छ ।
सोमबार प्रचण्डलाई कांग्रेस र एमाले दुवै पार्टीका नेताहरुले भेटेका छन् । प्रचण्डसँग बिहान कांग्रेस सभापति सुशिल कोइरालाले र दिउँसो एमाले नेता माधव नेपालले भेटेका छन् ।
प्रचण्डलाई भेट्न सुशील आफै प्रचण्ड निवास लाजिम्पाट गएका थिए । माधव र प्रचण्डको भेट चाहिँ कोटेश्वरस्थित
नेपाल निवासमा भएको थियो ।
भेटमा उनीहरुबीच चुनावी परीणाम लगायतका बिषयमा छलफल भएको प्रचण्डका सहयोगि शिव खकुरेलले जानकारी दिए । साथै भेटमा नेपालले प्रचण्डलाई चुनाव परीणाम स्वीकार गर्दे संविधान निमार्णमा लाग्न सुझाव दिएका थिए ।
यसैबीच पराजित एमाओवादीका अध्यक्ष प्रचण्डले नयाँ रणनीति निर्माणका लागि विभिन्न दलसँग वार्ता थालेका छन् । चुनावको बेला सुस्ताएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनलाई पुर्नजिवित गर्ने प्रयास पनि उनले थालेका छन् ।
सोमबार साँझ गठवन्धनमा रहेका केही दलको वैठक एमाओवादी पार्टी कार्यलय पेरीसडाँडामा बसेको छ ।  मोर्चामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र साना दल गरी २१ दल आबद्ध छन् । मोर्चा गत साउन ६ गते गठन भएको थियो हो ।
प्रचण्डले यो मोर्चाले एकढिका भएर चुनाव लड्ने घोषणा गरेका थिए तर चुनाव नजिकिँदै जाँदा गठवन्धनका दलहरु लाखापाखा लागेका थिए ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates