Social Icons

Monday, November 25, 2013

सत्ता हस्तान्तरणको तयारीमा छौ– अर्थमन्त्री कोईराला


  • सोमबार १० मंसिर, २०७०
ताप्लेजुङ- अर्थमन्त्री शंकरप्रसाद कोईरालाले आफुहरु ताजा जनादेश प्राप्त गरेको शक्तिलाई सत्ता हस्तान्तरणको तयारीमा रहेको बताएका छन्। बर्तमान सरकार चुनावी प्रयोजनका लागि गठन भए अनुसार यसले आफ्नो कार्य भार पूरा गरेको उनले बताए।
सोमवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको संक्रमणकालिन राजनीतिमा अब सुधार आउने दावी गरे। उनले बर्तमान सरकार दोस्रो संबिधान सभाको निर्वाचनलाई प्राथामिकतामा राखेर गठन भएकोले आफ्नो कार्यभर उत्साहजनक सकिएको भन्दै जनादेशको मर्म अनुसार चांडै नयाँ सरकार गठन हुने बताए। 

जनताका प्रतिनिधी जनता आफैंले चुनि सकेकोले बर्तमान सरकार पुषको पहिलो साता भित्र बिदा हुने तयारीमा रहेको कोईरालाको भनाई थियो। 
उनले आफु अर्थमन्त्री भएपछि आर्थिक परिसुचकमा सुधार आएको भएपनि निकासीमा देखिएको समस्याले आर्थिक तरलताको संकेत देखिएको भन्दै चालु आर्थिक बर्षमा बैदेशिक निकासी दरमा बृद्धि गर्नु आवश्यक रहेको बताए। उनले आफुले समयमै बजेट ल्याएकोले कार्यान्वयनमा अरु बर्ष जस्तो समस्या नरहेको बताए।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates