Social Icons

Friday, November 22, 2013

सप्तरीको एक स्थानमा आज पुनः मतदान


saptari_district-mapसप्तरी, ८ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं २ काृ एक मतदान केन्द्रमा आज पुनः निर्वाचन सुरु भएको छ । बर्साइन गाविसस्थित राजाजी राप्रावि बनरझुलाको मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि पुनः मतदान सुरु भएको हो ।
सो केन्द्रमा खसेको मतभन्दा बढी मत भेटिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । त्यस्तै सप्तरी क्षेत्र नं १ बाट भने एकीकृत नेकपा माओवादीका मानपुर चौधरी विजयी भएका छन् ।
आज बिहान घोषित परिणामअनुसार चौधरी नौ हजार ८४४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमनराज प्याकुरेलले आठ हजार २४३ मत ल्याएका थिए ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates