Social Icons

Friday, November 22, 2013

काठमाडौंमा समानुपातिक मतगणना आजदेखि


bicc-electionकाठमाडौं, ८ मंसिर । संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको काठमाडौँ जिल्लाको मतगणना कार्य आजदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अच्यूत विष्टले समानुपातिक निर्वाचन प्रणालीको मतगणना कार्य आजदेखि सम्मेलन केन्द्रमा सुरु हुने जानकारी दिए । काठमाडौं जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचनको मतगणना कार्य समाप्त भएपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक निर्वाचन प्रणालीको मतगणना सुरु गर्न लागेको हो ।
समानुपातिक निर्वाचन प्रणालीमा १ सय २२ दलले भाग लिएका छन् । ती दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचनका आफ्ना उम्मेदवारको नाम बन्दसूचीमार्फत बुझाइसकेका छन् । आयोगले दलले बुझाएका उम्मेदवारका नामावली अध्ययन गरी अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।
आयोगका अनुसार सो निर्वाचन प्रणालीमा १० हजार ७ सय ९ उम्मेदवार छन् । यसमा पुरुष पाँच हजार ४ सय ४८  र महिला पाँच हजार २ सय ९१ रहेका छन् । देशलाई नै एउटा निर्वाचन क्षेत्र मानी दलले प्राप्त गरेका मतका आधारमा संविधानसभामा सिट सङ्ख्या तय गरिने प्रणालीलाई नै समानुपातिक निर्वाचन भनिन्छ ।
सो निर्वाचन प्रणालीका लागि आयोगले हल्का रातो रङ्गको मतपत्र मतदानका लागि प्रयोगमा ल्याएको थियो । मतदानका लागि आयोगले एक करोड ४९ लाख ५२ हजार मतपत्र छपाइ गरेको थियो ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates