Social Icons

Friday, November 22, 2013

विजय जुलुसको गाडी पल्टँदा एकको मृत्यु

trick-accident

धादिङ,  ८ मंसिर । धादिङमा विजय जुलुुसबाट घर फर्कँदै गरेको गाडी दुर्घटना हुँदा एकको ज्यान गएको छ । चैनपुर गाविस वडा नं ९ हुलाकभन्ज्याङ नजिकै हिजो साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
दुर्घटनामा चैनपुर– ९ का १२ वर्षीय मनोज श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ वीर अस्पतालमा पठाइएको छ ।
धादिङबेंसीबाट चैनपुरका लागि छुटेको बा ३ च २९२५ नं को गाडी उकालामा जाँदै गर्दा  विपरीत दिशाबाट आएको अर्को गाडीको ब्रेक फेल भएकाले बाटो छाड्न एक मोटरसाइकलले बताएपछि बाटोमा छेउ लाग्न लाग्दा दुुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
एमालेले निर्वाचनमा जितेपछि विजय पचासभन्दा बढी यात्रु बोकी विजय जुलुस लिएको गएको गाडी दुद्र्दटना भएका हो । ब्रेक फेल भएको भनिएको गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates