Social Icons

Friday, November 22, 2013

महानायक राजेशको रङ्गमञ्चमा ‘कोर्ट मार्सल’

काठमाडौं । 

नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल राजशले मंसिर ६ गतेदेखि रङ्गमञ्चमा ‘कोर्ट मार्सल’ गरेका छन् । फिल्मका पर्दामा देखिँदै आएका राजेश अब रङ्गमञ्चमा पनि देखिँदै ‘कोर्ट मार्सल’ गरेका हुन् ।


महानायक राजेश रङ्गकर्मी अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्सल’बाट रङ्मञ्चमा उत्रेका हुन् । थिएटर भिलेज लैनचौर–लाजिम्पाटमा मंसिर ७ देखि सुरु भएको नाटकमा राजेश एक सैनिक न्यायाधीसको भूमिका मञ्चमा उत्रिएका छन् ।
नाटकमा उनले सैनिक संगठनभित्र हुने विभेद र न्यायका कथालाई मुद्धा पात्रका रुपमा डोहोर्‍याएका छन् । फिल्ममा समेत नाम कमाएका रङ्गकर्मीहरुको साथमा प्रत्यक्ष अभिनयमा उत्रेका राजेश हमालले नाटक सकेपछि अभिनयका हिसाबले मञ्चमा जटिल भएपनि अभिनयबाट स्वयं आफूले आनन्द लिन सकेको बताए ।
rajesh hamal in drama- news by kedar shrestha
निर्देशक अनुपले  राजेश साच्चै महानायक भएको बताउँदै मञ्चमा उत्तिकै अभिनय देखाएको बताएका छन् । फिल्ममा चर्चा बटुलेका कलाकारहरु लिएर नाटक गरेकोले प्रस्तुतिमा केही फिल्मी शैली पस्किएको उनको भनाइ छ ।
उनले भने, ‘कोर्ट मार्सललाई नेपाली परिवेशमा ढाल्न त्यति गाह्रो त भएन । यसमा उठाईएको मुद्दा नेपाली परिवेशमा ढाल्दा मेरो एउटै उद्देश्य थियो, जतिय विभेदको कुरालाई प्रोमिनेन्ट गर्ने र त्यसलाई अलिक युनिभर्सल टोन दिने जसले गर्दा नाटक कुनै एउटा स्थान विशेषको नलागोस र यसलाई अन्तराष्ट्रिय रुपमा पनि मञ्चन गर्न सकियोस् ।’
भारतीय नाटककार स्वदेश दीपकले लेखेको नाटकमा रंग विभेद, जातिय विभेदका कुराहरु हाम्रो समाजमा अझै पनि रहिँरहँदा  यही कुरालाई सम्बोधन गरेको छ । विशेष गरेर कर्मचारी तन्त्रमा पनि जातिय कुराहरु अझै विद्यमान छन् र यो समस्याको निराकरण हुन सकेन भने यसले अर्को ठूलो समस्या उत्पन्न गर्न सक्छ भन्ने सन्देश पनि नाटकले दिन खोजेको छ ।
Court Martial drama nepal -news by kedar shrestha
एक्टर्स स्टुडियोले प्रस्तुत गरेको ‘कोर्ट मार्सल’मा राजेश हमालका साथमा, दिया मास्के, कर्मा, सुवास थापा, दयाहाङ राई, बिएस राणा, सुविमा श्रेष्ठ, सुदाम छत्कुली लगायतले अभिनय गरेका छन् । देव न्यौपानको ध्वनी संयोजन तथा जेसन कुमारको संगीतमा असान्त शर्माका प्रकाश परिकल्पनाका साथ शिलासा राजभण्डारी र हितमान गुरुङको सेट नाटकमा सजिएको छ ।
मंसिर ७ देखि सुरु भएको नाटक मंसिर १६ चल्नेछ भने पुनः मंसिर २३ देखि पुसको पहिलो सातासम्म चल्ने निर्देशक अनुप बरालले जनाए । १ घण्टा ४५मिनेटको सो नाटक हरेक दिन बेलुकी ठिक ५ बजे मञ्चन हुनेछ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates