Social Icons

Sunday, November 24, 2013

२३९ क्षेत्रको नतिजा आयो

काठमाडौ, ९ मंसिर
मंसिर ४ गते मंगलबार सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनको प्रत्यक्षतर्फ २३९ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
सप्तरी २ मा पुनः मतदान गर्नु परेकाले मतगणना जारी रहँदा १ सय ४ सीटसहित कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ। 
९२ स्थानमा जित हात पारेका एमाले दोस्रो बनेको छ भने एमाओवादी २५ सिटसहित चौथो स्थानमा छ । बाँकी रहेको सिरहा २ मा एमाओवादीको अग्रता छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार एमाओवादी उम्मेदवार अशोककुमार मण्डलले अग्रता लिएका छन् । मण्डलले हालसम्म २२३८ मत पाएका छन् ।  मण्डललाई सद्भावनाका नवलकिशोर साहले पछ्याइरहेका छन् ।
साहको १८८७ मत छ । यस्तै फोरम नेपालका चन्द्रनारायण यादव १६३४ मतका साथ तेस्रो स्थानमा छन्  । एउटा मतदान केन्द्रमा खसेको भन्दा बढी मत पाइएपछि शनिबार पुन स् निर्वाचन भएको थियो ।
प्रत्यक्षतर्फ तराई मधेश लोकतान्त्रिक पार्टी र फोरम लोकतान्त्रिकको ४र४ सिट छ । राप्रपाले ३ सिट र फोरम नेपालले २ सिट जितेको छ । प्रत्यक्षतर्फ स्वतन्त्र २ उम्मेदवारले विजय हासिल गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी, तराई मधेश सद्भावना पार्टी र सद्भावना पार्टीको १÷१ सिट छ ।

No comments:

Post a Comment

 

My Tweet

 
Blogger Templates